कम्बोडियाको आग्रह : थाइल्यान्डले कब्जामा लिएका २० सैनिक फिर्ता गरियोस्

काठमाडौं — सीमा विवादका कारण पाँच दिनसम्म चलिरहेको लडाइँपछि कम्बोडिया र थाइल्यान्डबीच गत साता युद्धविराम घोषणा भए पनि सीमामा तनावको अवस्था अझै कायम छ। पछिल्लो घटनाक्रममा, कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० जना सैनिक फिर्ता गर्न औपचारिक अनुरोध गरेको छ। कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटले बिहीबार पत्रकार सम्मेलन गर्दै ती सैनिक युद्धविराम...

अमेरिकाले पाकिस्तानसँग तेल भण्डार विकास गर्ने सम्झौता गर्यो

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात शुल्क घोषणा गरेलगत्तै पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्ने सम्झौता गरेका छन्। उक्त निर्णय भारतप्रति कूटनीतिक दबाबको रूपमा हेरिएको छ। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्, "हामीले भर्खरै पाकिस्तानसँग एउटा ऐतिहासिक सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार...

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युब चलाउन प्रतिबन्ध

क्यानबेरा — अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहितका सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। डिसेम्बर १० देखि लागू हुने नयाँ नियमअनुसार बालबालिकाले अब युट्युबमा खाता खोली सामग्री अपलोड गर्न वा सक्रिय रुपमा सञ्चालन गर्न पाउने छैनन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ नियम सार्वजनिक...

थाइल्याण्ड–कम्बोडिया युद्धविराममा सहमति

काठमाडौं, थाइल्याण्ड र कम्बोडियाबीच चार दिनदेखिको द्वन्द्वपछि शनिबार युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, दुबै देशका सेनाले युद्धविरामको निर्णय गरी चाँडै वार्ताका लागि बैठक बस्ने तयारी गरिरहेका छन्। बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाबीच सिमानामा सुरु भएको तनावले हवाई आक्रमणसमेत गराएको थियो, जसका कारण कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको...

भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, ३७ जनाको मृत्यु

भियतनाम — भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ खाडीमा शनिबार आएको भीषण आँधीका कारण डुंगा पल्टिँदा ३७ जनाको ज्यान गएको छ। डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए। स्थानीय समयअनुसार दिउँसो २ बजेतिर डुंगा दुर्घटनामा परेको हो। त्यसबेला तीव्र हावा, मुसलधारे वर्षा र चट्याङ परेको जनाइएको छ। उद्धार...

पाकिस्तानमा भीषण वर्षा र बाढी : २४ घण्टामै ६३ को ज्यान, आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा लगातारको भीषण वर्षापछि आएको बाढी तथा प्राकृतिक विपत्तिमा परेर २४ घण्टाभित्रै कम्तीमा ६३ जनाको ज्यान गएको छ। पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश मृतक घर भत्किँदा च्यापिएका, डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटनामा परी...

स्वेइडामा युद्धविराम घोषणा

सिरिया — सिरियाको दक्षिणी प्रान्त स्वेइडामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपपछि सिरियाली अधिकारीहरूले पूर्ण युद्धविराम घोषणा गरेका छन्। ड्रुज सशस्त्र समूह, बेदुइन जनजाति र अन्तरिम सरकार समर्थित सेनाबीच भएको भिडन्तपछि यो निर्णय गरिएको सिरियाली सुरक्षा अधिकारी मुरहाफ अबु कास्राले जानकारी दिएका छन्। उनका अनुसार, स्थानीय समुदायका नेताहरू र प्रतिष्ठित व्यक्तिहरूसँगको सहमतिपछि...

सिरियाली सेनाको मुख्यालयमा इजरायली आक्रमण, दमास्कसमा ठूलो क्षतिको आशंका

काठमाडौं —इजरायलले बुधबार सिरियाली सेनाको मुख्यालयलाई लक्षित गरेर आक्रमण गरेको छ। यो आक्रमण सिरियाको राजधानी दमास्कस नजिक भएको बताइएको छ। मिडिया रिपोर्टहरू अनुसार, आक्रमणमा सिरियाली सेनाको मुख्यालयमा ठूलो क्षति पुगेको हुन सक्ने अनुमान छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले एक्समा जानकारी दिँदै आक्रमणको जिम्मेवारी स्वीकार गरेको छ। आईडीएफले भनेको छ कि उनीहरूले दमास्कस...

लन्डनको साउथेंड एयरपोर्ट सानो विमानमा आगलागी भएपछि बन्द

लन्डनको साउथेंड एयरपोर्ट सानो विमानमा आगलागी भएपछि बन्द
काठमाडौं ।लन्डनस्थित साउथेंड एयरपोर्टमा एक सानो विमानमा आगो लागेपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। आइतबार साउथेंड–अन–सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको हो। हालसम्म मानवीय क्षतिको विवरण नआएको विमानस्थल प्रशासनले जनाएको छ। अर्को आदेश नआएसम्म सबै उडानहरू स्थगित गरिएका छन् र यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको...

फ्रान्सको व्यस्त एयरपोर्टमा ‘सुँगुर काण्ड’! एयरलाइन्सले गर्‍यो छानबिन सुरु

काठमाडौं —फ्रान्सको राजधानी पेरिस नजिकै अवस्थित ओर्ली अन्तर्राष्ट्रिय विमानस्थलमा एक कालो सुँगुर देखिएपछि यात्रुहरूबीच हंगामा मच्चिएको छ। विमानस्थलको पसल, लगेज क्यारेसेल र प्रतीक्षालय क्षेत्रमा घुमिरहेको सुँगुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चाँसोको विषय बनेको हो। सुँगुर यात्रुहरूको बिचमा निस्फिक्री ढंगले हिँडिरहेको देखिएपछि सुरक्षाका विषयमा आम सर्वसाधारणले प्रश्न उठाएका छन्। कतिपय...