अमेरिकामा गर्भमेन्ट सर्टडाउनका कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म प्रभाव 

वासिङ्टन डीसी । अमेरिकामा करिब ४० दिनदेखि जारी सरकारी सटडाउन (गर्भमेन्ट सटडाउन) का कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म ठूलो असर परेको छ। विश्वकै धनी मुलुकमध्ये एक अमेरिकामा संघीय सरकारको आर्थिक गतिविधि ठप्प भएपछि दैनिक जनजीवन र साना व्यवसायमा प्रत्यक्ष प्रभाव परेको हो। सटडाउनका कारण करिब १४ लाख संघीय...

चीनले बनायो विश्वकै ठूलो नवीकरणीय ऊर्जा प्रणाली

बीजिङ्, – चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अन्तर्गत विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ। यस परियोजनाले चीनलाई सन् २०६० भित्र (carbon neutral) बन्ने लक्ष्यमा ठूलो फड्को मार्नेछ। चीनले हाल आफ्नो नवीकरणीय ऊर्जा क्षमतामा तीव्र वृद्धि गरेको छ र याङ्त्से नदीका जलविद्युत् आयोजनासहित पश्चिमी तथा दक्षिण-पश्चिमी क्षेत्रमा ठूलो...

न्युयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर बने ममदानी

काठमाडौं । ३४ वर्षीय राज्य सांसद जोहरान क्वामे ममदानी न्युयोर्क सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका छन्। उनी यस सहरका इतिहासमै पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर हुन्। ब्रुकलिनका सम्पन्न गल्लीदेखि क्विन्सका आप्रवासी श्रमिक बस्तीहरूमा फैलिएको मतदाताको व्यापक समर्थनले ममदानीको जितलाई न्युयोर्कको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ। डेमोक्रेटिक...

ट्रम्पका अनुसार न्यूयोर्कमा ममदानी मेयर बने भने केन्द्रीय अनुदान दिन मेरा लागि मुस्किल हुनेछ

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सहरको मेयरमा वामपन्थी उम्मेदवार जोहरान ममदानी निर्वाचित भएमा केन्द्रीय अनुदान पठाउन चुनौती हुने बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, “राष्ट्रपति भएर पनि न्यूयोर्कमा धेरै रकम पठाउनु मेरो लागि मुस्किल हुनेछ। यदि न्यूयोर्क कम्युनिष्टको नियन्त्रणमा गयो भने त्यहाँ पठाइने पैसा बेकार हुनेछ । ट्रम्प...

ट्रम्पको चेतावनी : नाइजेरियामा सेना पठाउन वा हवाई आक्रमण गर्न सकिन्छ

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा दुई तरिकाबाट सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन्। उनले एयरफोर्स वानमा पत्रकारहरूसँग बोल्दै त्यहाँ अमेरिकी सेना पठाउने वा हवाई आक्रमण गर्ने विकल्पहरू सम्भव रहेको बताएका छन्, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पले भने, “सेना पठाउन सकिन्छ, हवाई हमला पनि हुन सक्छ। अरू...

दुई शक्तिशाली राष्ट्रको वार्ता: भ्रमण र व्यापार सहमति, ताइवान मुद्दा टुंगिएन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स बनमा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे प्रतिक्रिया दिएका छन्। करिब १५ मिनेटसम्म प्रश्नको उत्तर दिएका ट्रम्पले चीनसँग भएको सम्झौताबारे थप विवरण भने सार्वजनिक गरेका छैनन्। ट्रम्पले चीनसँगको ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्त्व र धातु) व्यापार विवाद समाधान भएको बताएका छन्।...

गाजामा इजरायली आक्रमण : बालबालिकासहित ६० को मृत्यु

देइर अल–बालाह (गाजा पट्टी), । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् । यो घटनापछि गाजामा...

अमेरिका–जापानले दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, साझेदारी र खनिज आपूर्ति सुदृढ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। पहिलो सम्झौता अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णिम युग’को सुरुवात जनाउने खालको रहेको बताइएको छ। यसले लामो समयदेखि सहयोगी रहेका दुई देशबीचको साझेदारी अझ बलियो बनाउने उद्देश्य राख्दछ। दोस्रो सम्झौता दुर्लभ खनिजहरूको आपूर्ति सुनिश्चित गर्ने महत्त्वपूर्ण...

‘आतंकवादविरुद्धको लडाइँमा एकता अपरिहार्य’ : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद विश्व शान्ति र सुरक्षाका लागि गम्भीर चुनौती बनेको बताएका छन्। उनले मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भारत–आसियान २२ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै आतंकवादविरुद्धको लडाइँमा एकतापूर्ण प्रयास आवश्यक रहेको बताएका हुन्। उनका अनुसार आर्थिक वृद्धि, क्षेत्रीय सहकार्य र सुरक्षा सुदृढीकरणका लागि सबै देशबीचको साझेदारी...

ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच ‘शान्ति सम्झौता’मा हस्ताक्षर

ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच ‘शान्ति सम्झौता’मा हस्ताक्षर
काठमाडौं — थाइल्यान्ड र कम्बोडियाबीच पछिल्लो सैन्य तनाव अन्त्य गर्न आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त रूपमा ‘शान्ति सम्झौता’मा हस्ताक्षर गरेका हुन्। ट्रम्पले यो सम्झौताका लागि मध्यस्थता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। थाइल्यान्ड र...