न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी पदासीन प्रधानमन्त्री बन्दै

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। नयाँ सरकारमा पाँचवटा...

फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई

शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसैनिक शिविरमा भएको हिंसक घटनालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ। त्यहाँको पेन्सकोला क्षेत्रमा प्रशिक्षण लिइरहेका एक साउदी सैनिकले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए। विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो आक्रमण एक्लै वा सङ्गठित कस्तो रूपमा भएको थियो भनेर एफबीआईले बुझिरहेको बताएकी छन्। उनले अन्य...

दिल्लीमा आगलागी: ३० जना भन्दा बढीको मृत्यु

भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ३४ पुगेको छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो। उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा...

ट्रम्पद्वारा हङ्‌कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्। अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ। हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ। ट्रम्पले "राष्ट्रपति सी (जिन्पिङ), चीन...

ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ। लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्। गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको...

भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ। सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै...

बोको हरामको आक्रमणमा मलाम गएका ६५ जनाको मृत्यु

बीबीसी--नाइजेरिया हिंसा: बोको हराम आक्रमणमा अन्तिम संस्कारमा सहभागी ६५ जनाको मृत्यु नाइजेरियामा सन्दिग्ध बोको हराम लडाकु समूहको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार बोर्नो प्रान्तमा एउटा अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍गोली चलाइएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरूले शनिवार बोर्नो प्रान्तको माइदुगुरीनजिकै रहेको गाउँमा गएर उक्त आक्रमण...

चन्द्रमामा मानव भविष्य: यात्रा र बसोबास

चन्द्रमामा मानव भविष्य: यात्रा र बसोबास
पल रिनकन–– नयाँ अन्तरिक्ष युगको अंशका रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२४ सम्म चन्द्रमामा पुन: मानव पाइला चाहन्छन्। तर चन्द्रमामा मानव पाइलाका लागि के गर्नुपर्छ? एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो 'अन्तरिक्ष ट्रक'मा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास...

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प
बीबीसी - दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका...