भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्। साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा...

नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्। स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए। लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो। यो...

बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। "ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो," रेज गार्डीले बीबीसीलाई भनिन्। "म निश्चित कारणले कानुन पढ्न गएँ… म...

म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

बीबीसी- उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो। म्यान्मार जेडको...

कोरोनाभाइरस :इटलीको लोम्बर्डी क्षेत्रमा कडा नियम घोषणा

बीबीसी-  इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ। शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामानहरू किन्ने मशिन प्रयोगमा पनि रोक लगाइएको छ। शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको...

कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गरेका छन्। देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे। प्रधानमन्त्री मोदीले मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका...

दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट

भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। धन्यवाद ज्ञापन आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड...

कोरोनाभाइरस: सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक

बीबीसी- भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ। भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव...

कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

बीबीसी-कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको...

अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । कोरोनाको संक्रमण देखिएपछि वासिङ्टनमा आपतकालिन स्थितिको घोषणा गरिएको छ । यसअघि अमेरिकामा कोरोना भाइरसका कारण दुई जनाको...