‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति

अमेरिकी राष्ट्रपतिको रूपमा पहिलोपटक भारत भ्रमणमा आएका डोनल्ड ट्रम्प सोमवार अपरान्ह भारतको आगरास्थित प्रसिद्ध ताजमहल पुगेका छन्। अहमदाबादमा ओर्लिएर पहिले सावरमती आश्रम घुमेका ट्रम्प लगत्तै आगरा पुगेका हुन्। अहमदाबादमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका थिए। दुई नेताबीच मङ्गलवार कूटनीतिक वार्ता हुनेछ। ट्रम्पले गरे मोदीको प्रशंसा यसअघि राष्ट्रपति ट्रम्पले आफ्नो भव्य स्वागत गरिएकोमा...

डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन। त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो। विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे। राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा...

कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द

युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न "असाधारण उपाय" अपनाउने भएको छ। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्। सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का कारण मृत्यु भएपछि भएको हो। योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन...

सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र...

कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो

चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या ८०० नाघेको छ। करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ। सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो। सार्सभन्दा कम घातक? कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८०...

कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति

चीनको शीर्ष नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा 'सरकारी कमजोरी र अपूर्णता' पाइएको स्वीकारेका छन्। शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ। भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत देशका सातजना शीर्ष नेताहरू हुने उक्त समितिले निर्देशन दिएको छ। बैठक राष्ट्रपति...

कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि

चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्। अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्।...

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो। पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल-असदमा रहेका अमेरिकी...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी पदासीन प्रधानमन्त्री बन्दै

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी पदासीन प्रधानमन्त्री बन्दै
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। नयाँ सरकारमा पाँचवटा...