अमेरिकाको पहलपछि व्यापार वार्तामा बस्न सक्ने संकेत चीनको

काठमाडौँ — लामो समयदेखि चलिरहेको अमेरिका–चीन व्यापार द्वन्द्वमा केही सुधारको संकेत देखिएको छ। चीनले अमेरिकासँग व्यापार वार्ता गर्न सक्ने सम्भावना औपचारिक रूपमा संकेत गरेको छ। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका बाट आएको वार्ता प्रस्तावको मूल्यांकन भइरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले सम्बन्धित माध्यममार्फत वार्ता प्रस्ताव पठाएको...

भारतले पाकिस्तानी जहाजलाई आकाशमार्गमा लगायो प्रतिबन्ध

नयाँ दिल्ली, वैशाख १९ — भारतले आफ्ना आकाशमा पाकिस्तानी जहाजहरूको उडानमा प्रतिबन्ध लगाएको छ। भारतीय विमानस्थल प्राधिकरणले बुधबार सूचना जारी गर्दै पाकिस्तानी जहाजहरूलाई भारतको आकाश प्रयोग गर्न नदिने निर्णय गरेको हो। द हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, यो प्रतिबन्ध बिहीबार (आज) मध्यान्ह १२ बजेदेखि लागू भइसकेको छ र कम्तीमा मे २३ सम्म...

भारतले आगामी ३६ घण्टामा सैन्य कारबाही गर्न सक्ने पाकिस्तानी मन्त्रीको दाबी

इस्लामावाद: पाकिस्तानका सूचना एवं प्रसारण मन्त्री अताउल्लाह तरारले आगामी २४ देखि ३६ घण्टामा भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्नसक्ने दाबी गरेका छन्। तरारले आज बिहान एक भिडियो एक्स (X) मा पोष्ट गर्दै भने, "पाकिस्तानसँग एक विश्वसनीय खुफिया एजेन्सी छ, जसका अनुसार पहलगाम घटनामा निराधार र भ्रामक आरोप लगाएर भारत पाकिस्तानविरुद्ध सैन्य कारबाही...

चीनले १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची बनाउँदै

काठमाडौं: चीनले अमेरिकी उत्पादन भएका केही वस्तुहरूलाई लाग्ने १२५ प्रतिशत आयात करमा छुट दिने सूची तयार गर्दैछ। स्रोतका अनुसार, चिनियाँ सरकारले यसबारे कम्पनीहरूलाई गुपचुप सूचना दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यस कदमको उद्देश्य अमेरिकासँगको व्यापार युद्धको प्रभावलाई कम गर्नु रहेको बताइएको छ। चीनले पहिल्यै केही विशिष्ट वस्तुहरू जस्तै फार्मास्युटिकल, माइक्रोचिप,...

क्यानडाको आमनिर्वाचनमा लिबरल पार्टीको अप्रत्याशित जित

काठमाडौं, वैशाख १८ — क्यानडामा सम्पन्न आमचुनावमा प्रधानमन्त्री मार्क कर्नी नेतृत्वको लिबरल पार्टीले आश्चर्यजनक सफलता हासिल गरेको छ। पछिल्ला सर्वेक्षणहरूमा पछाडि देखिएको लिबरल पार्टीको यो विजयलाई विश्लेषकहरूले अभूतपूर्व परिवर्तनका रूपमा बुझेका छन्। चुनावअघि लिबरल पार्टीका प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका नेता पियर पोइलिभ्रेले लोकप्रियतामा अग्रता लिएका थिए। तर चुनावी परिणामले पुराना अनुमानहरू उल्ट्याउँदै...

गोप्य सैन्य योजना परिवारसँग सार्वजनिक गरेपछि अमेरिकी रक्षामन्त्री विवादमा

वासिङ्टन । यमनस्थित हुथी विद्रोही समूहविरुद्धको हवाई आक्रमणबारे गोप्य योजना परिवारका सदस्यसँग च्याट बाहिरिएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथ विवादमा तानिएका छन्। सीबीएस न्यूजका अनुसार मन्त्री हेगसेथले १५ मार्चमा ‘सिग्नल’ नामक निजी च्याट एपमार्फत् आफ्नी पत्नी, भाइ र निजी वकिललाई आक्रमणको योजना सम्बन्धी सूचना पठाएका थिए। ती सन्देशमा एफ/ए-१८ होर्नेट्स लडाकु विमानको...

अमेरिकी राजदूत जापानसँगको व्यापार सम्झौता प्रति ‘अत्यन्त आशावादी’

टोकियो - जापानका लागि नवनियुक्त अमेरिकी राजदूत जर्ज ग्लासले जापान र अमेरिकाबीचको व्यापार सम्झौताप्रति आफू अत्यन्त आशावादी रहेको बताएका छन्। जापानी वाणिज्य दूतको वासिङ्टन भ्रमणपछि उनले यो भनाइ व्यक्त गरेका हुन्। राजदूत रयोसी अकाजावाले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता र छलफल गरेका थिए। यद्यपि हालसम्म कुनै...

सुडानको शरणार्थी शिविरमा विद्रोही समूहको आक्रमण, ४ सय भन्दा बढीको मृत्यु

अल-फशर — सुडानको विद्रोही समूहले शरणार्थी शिविरमा गरेको आक्रमणमा ४ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। यो जानकारी संयुक्त राष्ट्रसंघका विश्वसनीय स्रोतहरूबाट प्राप्त भएको हो। संयुक्त राष्ट्रसंघका अनुसार, आक्रमण सुडानको सक्रिय विद्रोही गुट र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो। अघिल्लो हप्तामा, आरएसएफले अल-फशर सहर नजिकैको शरणार्थी शिविरमा स्थल र हवाई मार्गबाट...

गाजास्थित अस्पताल माथि इजरायली आक्रमणको हमासको आरोप

हमासले गाजाका अस्पतालहरूमा इजरायली सेनाले आक्रमण गरेको आरोप लगाएको छ। संगठनले गाजाको प्रमुख स्वास्थ्य संस्थामा रहेको सघन उपचार इकाई (ICU) र शल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोहरूमा अल-अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस्किरहेको दृश्य देखिन्छ, जुन क्षेप्यास्त्र आक्रमणपछि भएको बताइएको छ। भिडियोमा...

ले पेनलाई आर्थिक हिनामिनामा दोषी ठहर, २०२७ को राष्ट्रपतीय चुनाव लड्न नपाउने

पेरिस — फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेशनल र्‍याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ। यस निर्णयसँगै सन् २०२७ को राष्ट्रपतीय चुनावमा ले पेनको उम्मेदवारीको प्रयास असफल भएको छ। यसअघि उनले सन् २०१२, २०१७, र २०२२...