सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र...

चीनमा देखिएको कोरोनाभाइरस भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्। चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ। राष्ट्रिय स्वास्थ्य आयोगका एक...

६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन

विपद् ब्यवस्थापनमा ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उल्लेख्य काम गरेको पाइएको छ । आपतकालिन केन्द्र संचालन, विपद्को स्थितिमा बस्नका लागि ठाउँठाउँमा भवन निर्माणदेखि स्वयंसेवक तयार गर्ने काम महानगरपालिकाले गरेको छ । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको स्थलगत अध्ययन तथा कुराकानीकोक्रममा ललितपुर...

देशभर वर्षा र हिमपातको सम्भावना

भारतबाट भित्रिएको पश्चिमी वायुको न्यूनचापीय प्रणाली आजदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो...

आगामी असारभित्र सुन्दरीजलमा पानी आउने पक्का: कार्यकारी निर्देशक, मेलम्चीको काम सम्झौताभन्दा २ महिना अघि सक्छौं– सिनो हाइड्रो

आगामी असारभित्र सुन्दरीजलमा पानी आउने पक्का: कार्यकारी निर्देशक, मेलम्चीको काम सम्झौताभन्दा २ महिना अघि सक्छौं– सिनो हाइड्रो
राष्टिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम तीव्र रुपमा अघि बढिरहेको छ । अहिले स्थायी ड्याम निर्माण तथा टनेल फिनिसिडको काम भइरहेको हो । साथै मेलम्चीको मुहानमा अस्थायी ड्याम निर्माणको कामपनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । अस्थायी ड्याम निर्माणको काम अबको साँढे २ महिनामा सकिने छ भने स्थायी ड्याम...

दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग

काठमाडौंमा यस वर्षअन्तर्गत आज बुधबार० अहिलेसम्मकै चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गरिएको तापक्रमअनुसार दाङपछि देशभरमै कम तापक्रम काठमाडौंमा देखिएको हो। बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेन्टिग्रेडमा झरेको हो। यही समय लिइएको दाङको न्यूनतम तापक्रम...

विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन

काठमाडौँ — केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ । मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा...

खुला क्षेत्रको संरक्षणमा जोड

भक्तपुर । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) नेपाल र चाँगुनारायण नगरपालिकाको सहकार्यमा ‘खुला क्षेत्रको संरक्षण मेरो दायित्व’ शीर्षकमा वृहत् जनचेतनामुलक कार्यक्रम भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ स्थिति हेल्मेड डाँडामा गरिएको कार्यक्रममा आइएओम नेपालका प्रमुख लरेना ल्याण्डो, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला लगायत...

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस
विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै...

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव
अहिले स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन , नियमावली बनाइरहेका छन् । अधिकांश स्थानीय तहले कानून बनाइसकेको र केही बनाउनेक्रममा रहेको भन्दै सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय समुदायको भूमिका वढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौको भएको कार्यक्रममा विपद बिज्ञ, पूर्व शिक्षा मन्त्री डा गंगा...