सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — अघिल्लो कारोबार दिन उच्चतम बिन्दुमा पुगेको सुनको मूल्य आइतबार सामान्य रूपमा घटेको छ। चाँदीको मूल्यमा पनि हल्का गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार, गत शुक्रबार प्रतितोला सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जबकि आइतबार त्यसमा ४०० रुपैयाँको घटाउ भएपछि प्रतितोला १ लाख ७४...

सुनको मूल्य एकै दिनमा चार हजारले वृद्धि

काठमाडौं : शुक्रबार सुनको मूल्य एकै दिन चार हजार रुपैयाँले वृद्धि भएको छ, जसले गर्दा अहिले सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य चार हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि ५० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार, आज सुनको मूल्य तोलामा एक...

आठौँ दिनमा नेप्से बढ्यो, सवा ८ अर्बको कारोबार

काठमाडौँ — लगातार ७ दिनको गिरावटपछि आज सेयर बजार परिसूचक (नेप्से) बढेको छ। बुधबार बजार परिसूचक १७.२८ अंकले घटेर २७३६.४८ विन्दुमा पुगेको थियो। आज बजारमा कुल ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। १४६ कम्पनीको मूल्य बढेको छ, ८८ कम्पनीको मूल्य घटेको छ र १० कम्पनीको मूल्य स्थिर रह्यो।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरि...

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३५ रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनमा बिहीबार सुन तोलामा तीन सय रुपैयाँले बढ्दा चाँदी तोलाको ३५ रुपैयाँ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइहरको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार...

आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं : आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस प्रस्ताव राखेका थिए। सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। त्यसअघि सांसद स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले...

नेप्से परिसूचकको लगातार ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। यस दिन ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटेपनि समाज लघुवित्त, गार्डियन माइक्रो...

समानीकरण अनुदानमा संशोधन, ४.९२ प्रतिशत कटौती

काठमाडौं: सरकारले वित्तीय समानीकरण अनुदानमा केहि संशोधन गर्दै पठाएको छ। प्रदेश र स्थानीय तहको संवैधानिक अधिकारको रूपमा मानिएको समानीकरण अनुदानमा कटौतीको चौतर्फी विरोध भएपछि सरकारले यसमा परिवर्तन गरेको हो। महालेखा नियन्त्रक कार्यालयले तेस्रो किस्ताको अनुदानको २५ प्रतिशतमध्ये २१.०७ प्रतिशत मात्र पठाउने निर्णय गरेको छ। नयाँ संशोधनपछि, ४.९२ प्रतिशतको मात्र कटौती गरिएको...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो। यसदिन ३०० स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर...

नेप्से र कारोबार रकममा उच्च वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक र कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से परिसूचक ७५.२४ अंक (२.६७ प्रतिशत) ले बढेर २,८९०.२४ विन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेको छ। यस दिन ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिद-बिक्री भएको...