कोशी प्रदेश लगानी सम्मेलन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

विराटनगर, — कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलन २०८२ आजदेखि विराटनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए। उनले प्रदेशमा आउने लगानीलाई संरक्षण...

सुन र चाँदीको मूल्यमा गिरावट, आजको बजार भाउ कति?

काठमाडौं: आजको दिन स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेको सुन आज ७ सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ८८...

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, सरकार भन्सार सुधारमा गम्भीर

काठमाडौं, वैशाख १७ — प्रतिनिधिसभाले भन्सार विधेयक २०८१ पारित गरेको छ। मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको विधेयक बहुमतले पारित गरिएको हो। विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा देखिएको बेथिति हटाउँदै राजस्व चुहावट रोक्न सरकार गम्भीर रहेको बताए। उनले राजस्व प्रशासनलाई प्रभावकारी...

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं, वैशाख १७ — साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो दिन सोमबार १४ अंकले घटेको नेप्से परिसूचक आज थप १५.०८ अंकले घटेर २,६३१.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घट्दै ४४३.५४ विन्दुमा पुगेको छ। बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ।...

नेप्से ७.७५ अंकले घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौँ । देशको सेयर बजार परिसूचक नेप्से सोमबार ७.७५ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घट्दै नेप्से २,६९८.२८ विन्दुमा झरेको हो। आइतबार नेप्से १६.६८ अंकले घटेर २,७०६.०४ विन्दुमा बन्द भएको थियो। सोमबारको कारोबारमा कुल ११२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १३३ कम्पनीका घटेका छन्। एक कम्पनीको सेयर मूल्य...

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक : योजना आयोग

काठमाडौँ । दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनका लागि सन् २०२४ देखि २०३० सम्मको अवधिमा करिब २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले अनुमान गरेको छ। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा 'दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति २०८१' सार्वजनिक गर्दै आयोगले...

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घट्दै २,७०६.०४ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ०.६१ प्रतिशतको गिरावट हो। लगातार तीन दिनको वृद्धिपछि नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट आएको हो। सो दिन ५३ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिए पनि १९२...

विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

काठमाडौं — सरकारले विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय वित्तीय संस्थाहरूमा हालसम्म ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर लगानी गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), एशियाली विकास बैंक (ADB), एशियाली पूर्वाधार लगानी बैंक (AIIB), सार्क विकास कोष तथा अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास...

नेप्से ८.८४ अंकले घट्यो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ — आजको सेयर बजारमा नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा कायम भएको छ। यो गिरावट शून्य दशमलव ३३ प्रतिशतको हो। आजको कारोबारमा ८८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो। कुल ५४ हजार ३६१ पटकको कारोबारमार्फत १ करोड...

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

काठमाडौं — नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्यले यस दिन पनि नयाँ रेकर्ड तोडेको हो। बिहीबार, सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको थियो। आज भने, सुनको मूल्य...