घट्यो सुन–चाँदीको भाउ

आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सोमबार एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य एक लाख ७० हजार ४ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबारको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि सोमबार यसको मूल्य एक हजार ९ सय ८५ रुपैयाँ थियो। यसरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया