स्ववियु निर्वाचनको मनोनयन दर्ता आज

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया आज सुरु भएको हो।

प्रत्यक्ष र समानुपातिक उम्मेदवारका मनोनयन पत्रहरू बिहान ११ बजे देखि २ बजेसम्म दर्ता गरिने तालिका रहेको छ। सोमबार भने उम्मेदवारका मनोनयन पत्र वितरण गरिएको थियो।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा यस निर्वाचनको प्रक्रिया चल्नेछ।

उम्मेदवारको नामावलीमा कुनै दाबी वा विरोध भएमा त्यसको निवारण २८ फागुनमा गरिनेछ। त्यही दिन उम्मेदवारको नामावलीको छानबिन गरी सार्वजनिक गरिनेछ। फागुन २९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र त्यसपछि अन्तिम नामावली प्रकाशित गरिनेछ।

तपाईको प्रतिक्रिया