पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानमार्फत काठमाडौं फर्किने

पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै उनी काठमाडौं उत्रने छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले यो जानकारी दिइन।

पूर्वराजा शाह भैरहवाबाट पोखरा चार्टर्ड विमानमार्फत गएका थिए।

उनको काठमाडौं आगमन दिउँसो साढे २ बजे तय गरिएको छ। उनलाई स्वागत गर्न राजावादीहरूको आउनु अपेक्षित भएकाले त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया