पूर्वयुवराज पारश शाह बिरामी, उपचार जारी

पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा समस्या आएको छ।

शाहलाई आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

उहाँ अहिले नर्भिक अस्पतालमा उपचार गराइरहनुभएको छ।

एक स्रोतका अनुसार, “उहाँ हिजो बेलुकी अस्पताल भर्ना हुनुभएको हो र उपचार प्रक्रिया जारी छ।” शाहलाई मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ।

यसअघि शाहलाई तीन पटक हृदयाघातको समस्या भइसकेको थियो।

तपाईको प्रतिक्रिया