प्रधानमन्त्री ओली र इटालीका प्रसिद्ध गोलकिपर बुफोन बीच भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका पूर्व फुटबल क्याप्टन तथा चर्चित गोलकिपर जियानलुइजी बुफोनबीच आज एक भेटघाट भएको छ।

बुफोन नेपालमा आयोजित केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन समारोहका प्रमुख अतिथि को रूपमा सहभागी हुन आएका थिए। उनी र प्रधानमन्त्री ओली बीचको भेट आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटरमा भएको हो।

यस अवसरमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, र बुफोनका परिवारका सदस्यहरू उपस्थित थिए।

फागुन ११ गते सुरु भएको च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ।

तपाईको प्रतिक्रिया