बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

फाइल तस्बिर।

बर्दिया — जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना निर्धारण भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरार प्रतिवादीहरू चोरी, चेक अनादर र अंश मुद्दाका रहेका छन्।

जिल्ला अदालत बर्दियाले बासगढी नगरपालिका–५ का मनिष रावललाई चोरी मुद्दामा ०८१ असोज ८ गतेको फैसलाले २ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना गरेको थियो।

त्यसैगरी, दश वर्षअघि फरार भएका बासगढी नगरपालिका–३ का रामबहादुर थारु पनि पक्राउ परेका छन्। उनलाई अदालतले ०७१ जेठ ७ गतेको फैसलाले १ हजार २ सय ५० रुपैयाँ जरिवाना गरेको थियो। यसैगरी, त्यही पालिकाका गणेशबहादुर थारुलाई चेक अनादर मुद्दामा अदालतले ०८० मंसिर १७ गतेको फैसलाले जरिवाना निर्धारण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले तीन फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा पेश गरिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया