बजारमा रूख कटहरको आपूर्ति, प्रतिकिलो मूल्य कति?

हाल बजारमा रूख कटहरको आपूर्ति सुरू भएको छ। यो कटहर प्रकारको तरकारी हो। कालीमाटी तरकारी बजारका व्यवसायी कृष्ण प्रसाद पौडेलका अनुसार, भारतीय बजारबाट रूख कटहर भित्रिन थालेको छ।”एक/दुई महिना भयो भारतबाट कटहर आउने थालेको,” उनले बताए।उनका अनुसार, कालीमाटी बजारमा अहिले रूख कटहरको मूल्य प्रतिकिलो १ सय ४० देखि १ सय ५० रूपैयाँ रहेको छ।सिजनको आरम्भसँगै मूल्य सस्तो हुने अनुमान व्यक्त गरेका छन् उनले।चैत महिनाबाट तराई क्षेत्रका कटहर बजारमा आइपुगेको देखिनेछ भने वैशाख र जेठ महिनामा पहाडी क्षेत्रका कटहर बजारमा आउनेछन्।पाकेको कटहर भने असार–साउन महिनामा बजारमा उपलब्ध हुनेछ।अहिले कालीमाटी बजारमा रूख कटहरको थोक मूल्य प्रतिकिलो १ सय १० रूपैयाँदेखि १ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया