माछापोखरीमा लागूऔषध कारोबार गर्ने दुई व्यक्तिलाई पक्राउ

काठमाडौँ — खैरो हेरोइनको खरिद-बिक्रीमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिएको छ। काठमाडौं-१६, माछापोखरीस्थित एक होटलमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा २८.५७ ग्राम खैरो हेरोइनसहित सुनसरीका दीपक राय र नुवाकोटका सुरेन्द्र गुवाजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले दुवैलाई लागूऔषध सम्बन्धी कसूरमा ११ गतेसम्मका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त गरी अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार, होटलको ४०१ कोठामा खोजी गर्दा दुईजनासहित खैरो हेरोइन, २० हजार नगद, डिजिटल तराजु, र मोबाइल फोनसमेत बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया