नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले दायर गरेको मुद्दाको पेसी जिल्ला अदालतको आदेश अनुसार अब न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा तोकिएको छ।

झा शरणार्थी प्रकरणसँग सम्बन्धित पूरक अभियोगपत्रबाट मुद्दामा संलग्न थिए। अनुसन्धानको दौरान पहिलो अभियोग पत्र दायर हुनुअघि उनी फरार थिए, पछि भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। यसपछि सरकारले काठमाडौँ जिल्ला अदालतमा पूरक अभियोग पत्र दर्ता गराएको थियो।

उक्त अभियोगमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। यसको विरोधमा झा पहिले उच्च अदालत पाटन पुगेका थिए, जहाँ पाटनले जिल्ला अदालतको निर्णय सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगे। उनले आफूलाई थुनामा राख्ने निर्णयलाई चुनौती दिंदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले माघ ३ गते उनको मुद्दाको पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।

तपाईको प्रतिक्रिया