सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने सम्भावना

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि पानी पर्ने संभावना रहेको जनाइएको छ।

अर्को तर्फ, बाँकी प्रदेशहरूमा केही ठाउँमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। महाशाखाले माघ २३ गतेका दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिउँ पर्ने सम्भावना पनि व्यक्त गरेको छ। पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रहरूमा मौसम प्रायः सफा रहने बताइएको छ।

तपाईको प्रतिक्रिया