राजनारायण विद्यालयका प्रधानाध्यापक र दुई कर्मचारीविरुद्ध घुस मुद्दा दायर

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक र दुई अन्य व्यक्तिहरूविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। प्रधानाध्यापक रेशम राज कण्डेल, सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध अख्तियार दुरुपयोग आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले लेखापाल गुप्ता र समितिका सदस्य कहारलाई ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अनुसन्धानमा प्रधानाध्यापकको संलग्नता पत्ता लागेपछि उनलाई पनि आरोपित बनाइएको छ। यी व्यक्तिहरूले विद्यालयको भवन निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानीको लागि घुस लिएका थिए।

तपाईको प्रतिक्रिया