सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुनको मूल्य रु. १ लाख ६० हजार १ सय

सोमबार सुन र चाँदीका मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला रु. १ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज रु. ३ सयले घटेर रु. १ लाख ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आइतबारको तुलनामा घटेर प्रतितोला रु. १ हजार ८५० तोकिएको छ, जुन अघिल्लो दिन रु. १ हजार ८६५ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले प्रतिऔंश २,७५६ अमेरिकी डलरको आसपास रहेको छ।

तपाईको प्रतिक्रिया