अहिले नीतिगत स्थायित्वको अवस्था छैन, राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ :शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नीतिगत स्थायित्वका लागि अनुकूल परिस्थितिहरु छैन भन्दै, राजनीतिक अस्थिरता चुनौतीको रुपमा रहेको बताएका छन्। नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै पोखरेलले यस्तो टिप्पणी गरे।

उनले भने, “हामी भविष्यको बारेमा सोच्नुपर्छ, तर अहिले नीतिगत स्थायित्वको अवस्थिति छैन। राजनीतिक अस्थिरता एक ठूलो चुनौती बनिरहेको छ। हाम्रो भविष्य सधैं यस्तै रहन्छ भन्ने छैन, हामी यसलाई सुधार्न चाहन्छौं र सक्छौं। सुधार गर्न जरुरी छ, र त्यसै हिसाबले सोच्नुपर्छ। सभ्य र विकसीत राष्ट्र बनाउनका लागि यातायात क्षेत्रको प्रगति आवश्यक छ।”

समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता उनले जोड दिए।

तपाईको प्रतिक्रिया