रास्वपाको सचिवालय बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा आयोजना हुँदैछ।

बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिसहित पार्टीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया