प्रधानमन्त्री बालेनसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेनाध्यक्षलाई एकअर्काको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

यस्तै, सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

तपाईको प्रतिक्रिया