कोलम्बियाको भूकम्पबाट भएको क्षतिप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

‘यस कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनता कोलम्बियाली सरकार र जनताको साथमा दृढताका साथ उभिएका छन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

नेपाल सरकारले भूकम्पका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सफल उद्धारको कामनासमेत गरेको छ।

तपाईको प्रतिक्रिया