सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनुका साथै सरकारका नियमित एजेन्डामाथि निर्णय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया