सुनको भाउ फेरि बढ्यो, प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार यही परिमाणको सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

हालका दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको देखिएको छ।

तपाईको प्रतिक्रिया