फिफा विश्वकप २०२६ : नकआउट चरणमा जापान र ब्राजिल आमनेसामने हुने

काठमाडौं — फिफा विश्वकप २०२६ को नकआउट चरणमा जापानले ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको नतिजापछि अन्तिम ३२ को खेलका केही समीकरण स्पष्ट भएका छन्।

समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको ब्राजिलले समूह ‘एफ’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा हुने तालिका रहेको छ।

हालसम्म नकआउट चरणका चार खेलको जोडी तय भइसकेको छ। प्रतियोगिताको नकआउट चरण सोमबारबाट सुरु हुँदैछ।

यस चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल सोमबार बिहान १२:४५ बजे सुरु हुने तय गरिएको छ।

यस्तै, नेदरल्याण्ड्स र मोरक्कोबीच पनि अन्तिम ३२ को खेल हुने निश्चित भएको छ। अमेरिकाले भने बोसनिया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ।

यसैबीच, जर्मनीको प्रतिद्वन्द्वी कुन टोली हुने भन्ने टुंगो भने अझै लाग्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया