जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको टम्टी क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले साना तथा मध्यम प्रकृतिका भूकम्पहरू बेलाबेला महसुस हुने गरेका छन्।

तपाईको प्रतिक्रिया