रोल्पामा भीषण दुर्घटना, पिकअप गाडी ५ सय मिटर तल खस्दा ३ जनाको मृत्यु,

रोल्पा, जेठ २१ — रोल्पाको माडी गाउँपालिका–२ स्थित व्याङखोलामा बुधबार बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान अझै खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

कृष्ण श्रेष्ठ का अनुसार दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४०० देखि ५०० मिटर तल खसेको थियो। गाडीको नम्बरसमेत हालसम्म खुल्न सकेको छैन।

दुर्घटनाको जानकारी बिहान करिब ९ बजे प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँ बाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीले दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया