संविधान संशोधनका विषयमा सुझाव दिन पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा छुट्टै आयोग गठन गर्नुपर्ने : अर्जुननरसिंह केसी

काठमाडौं । अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा सुझाव दिन पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान संशोधनलाई व्यापक राष्ट्रिय बहसको विषय बनाउनुपर्ने धारणा राखे।

केसीका अनुसार प्रस्तावित आयोगले संसदभित्र र बाहिर रहेका विभिन्न राजनीतिक दल तथा सरोकारवालाबीच समन्वय गर्दै सुझाव संकलन गर्नुपर्नेछ। उनले संविधान कुनै एक दलको चाहना वा दृष्टिकोणमा सीमित नभई व्यवहारमा देखिएका समस्या र अनुभवका आधारमा समीक्षा हुनुपर्ने बताए।

उनले संविधान सुधार प्रक्रियामा विज्ञ, बौद्धिक वर्ग तथा विभिन्न राजनीतिक धारका प्रतिनिधिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै केसीले यस विषयमा आफूले नेपाली कांग्रेसका शीर्ष नेतृत्वसमक्ष पनि सुझाव प्रस्तुत गरिसकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया