बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लामा सञ्चालन हुँदै आएका सबै सांगठनिक कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको छ।

पार्टीले यसअघि वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो। त्यसपछि देखिएको संगठनात्मक अवस्थालाई व्यवस्थापन गर्न अस्थायी रूपमा कार्यक्रमहरू रोकिएको जनाइएको छ।

बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरी का अनुसार संगठनभित्र देखिएका समस्या समाधान तथा समन्वयका विषयमा छलफल गर्न आगामी शनिबार विस्तारित बैठक बोलाइएको छ।

उनले जारी गरेको विज्ञप्तिमा वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरमा तय गरिएका सबै सांगठनिक गतिविधि अर्को सूचना नभएसम्म स्थगित रहने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया