सरकारी खर्च नियन्त्रणमा जोड, नयाँ सामग्री खरिदमा रोक लगाउन निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन अत्यावश्यक अवस्थाबाहेक नयाँ सामग्री खरिद नगर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार विभिन्न मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय तथा प्रदेश सरकारअन्तर्गतका निकायहरूलाई परिपत्र जारी गर्दै यस्तो आग्रह गरेको हो।

जारी निर्देशनमा हाल प्रयोगमा रहेका औजार, उपकरण, फर्निचर तथा सवारीसाधनलाई सम्भव भएसम्म सञ्चालनयोग्य अवस्थामा राखेर उपयोग गर्न भनिएको छ। साथै अनावश्यक खर्च कटौती गर्दै सार्वजनिक स्रोतको संरक्षणमा ध्यान दिन पनि सरकारी निकायहरूलाई सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया