नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टले राजीनामा दिएको पुष्टि गरेका छन् ।

यसअघि सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको पृष्ठभूमिमा यो राजीनामा आएको हो ।

तपाईको प्रतिक्रिया