गुल्मीमा घरेलु विवादपछि महिलाको मृत्यु, पति प्रहरी नियन्त्रणमा

काठमाडौं । गुल्मीमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमाललाई उनकी ४३ वर्षीया श्रीमती एमी कुमालमाथि हिंसा गरेको आरोपमा मंगलबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि गम्भीर अवस्थामा रहेकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

घटनाबारे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धनार्जेबाट खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया