रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल जाने

काठमाडौँ, वैशाख २४ गते । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लैजाने तय गरिएको छ ।

ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत निर्धारण गर्नुभएको हो ।

हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई निर्धारित साइतअनुसार सोही दिन जावलाखेल पुर्‍याइने जनाइएको छ । परम्पराअनुसार ज्योतिषीले साइत हेरेपछि मात्रै रथ यात्राको मिति तय गर्ने चलन रहेको छ ।

जावलाखेल पुगेको चौथो दिन ऐतिहासिक भोटो देखाउने जात्रा आयोजना गरिने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया