डोटीमा स्थानीय माटो उत्खननको क्रममा किशोरी मृत्युवरण

डोटी – जिल्लाको सायल गाउँपालिका-२, ग्वानी बस्ने शेर बहादुर सिंहकी करिब १६ वर्षीया छोरी एलिना सिंह माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।घटना मंगलबार बिहान करिब ९:४८ बजे भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार, घर पोत्नका लागि सोही स्थानको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एलिनाले घटनास्थलमै ज्यान गुमाइन्। स्थानीयले घटनास्थलबाट शव निकालेर मृतकको घर लगाएका छन्।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा विशेष टोली खटाइएको छ।

तपाईको प्रतिक्रिया