नेप्से करिब ६ प्रतिशतले बढ्दा बजार समयअघि नै बन्द

काठमाडौं — सोमबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। बजारमा तीव्र उतारचढाव देखिएपछि कारोबार समयअगावै स्थगित गरिएको छ।

कारोबार सुरु भएको केही समयमै बजार सूचक करिब चार प्रतिशतले बढेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजार पाँच प्रतिशत नजिक पुगेपछि फेरि करिब ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

दोस्रो पटक खुलेपछि बजारमा वृद्धि झन् तीव्र भई करिब ६ प्रतिशत पुगेपछि सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।

सोमबार बजार सूचक एकैदिन १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार २५२ कम्पनीको सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्य भने घटेको छ।

बजारमा आएको तीव्र वृद्धिसँगै लगानीकर्ताहरूको सक्रियता बढेको देखिएको छ।

तपाईको प्रतिक्रिया