वैदेशिक रोजगार विभागले निर्वाचन अवधिमा पनि अनलाइनबाट श्रम स्वीकृति सेवा सेवा प्रदान गर्ने

काठमाडौँ, —  वैदेशिक रोजगार विभागले  फागुन २० देखि २२ गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा पनि अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति सेवा प्रदान गर्ने जनाएको छ।

जारी सूचनाअनुसार उक्त अवधिमा कार्यालयका कर्मचारीहरू निर्वाचनसम्बन्धी जिम्मेवारीमा खटिनुपर्ने भएकाले प्रत्यक्ष उपस्थित भई सेवा दिन नसकिने अवस्था सिर्जना भएको हो। त्यसकारण सेवाग्राहीको सुविधा विचार गर्दै श्रम स्वीकृतिसम्बन्धी काम अनलाइन माध्यमबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

निकायका अनुसार हाल खाडी मुलुकतर्फ जाने श्रमिकको श्रम स्वीकृति प्रक्रिया स्थगित छ। अन्य मुलुकतर्फ जाने आवेदकको संख्या अपेक्षाकृत कम रहेकाले अनलाइन प्रणालीमार्फत सेवा प्रवाहमा सहजता हुने विश्वास लिइएको छ।

सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै निवेदन दिन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया