एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ पारित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२६ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ।

बुधबार एन्फाको अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस बजेटलाई अनुमोदन गरेको हो। बैठकले दुईवटा मुख्य निर्णय पनि गरेको छ। यसअनुसार आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण पारित गर्ने निर्णय पनि समावेश गरिएको छ।

बैठकमा पारित बजेट र लेखा परीक्षणलाई संघको आगामी योजनाहरू र गतिविधिहरूको लागि आधारभूत दस्तावेजको रूपमा लिइने एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया