झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

झापा — झापाको मेचीनगर नगरपालिका–१३ स्थित तेलीबारी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मे.११ प ४८६७ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ निवासी ३३ वर्षीय गोकुल शेर्पा गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया