राष्ट्रियसभा निर्वाचनको तयारी पूरा : सात प्रदेशमा अधिकृत नियुक्त

काठमाडौं – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटा प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गर्दै कार्यालय स्थापना गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा जिम्मेवारी दिइएको छ।

प्रदेश अनुसार नियुक्त हुने अधिकृतहरू यस प्रकार छन्:

  • कोशी प्रदेश – भीमराज प्रसाई
  • मधेश प्रदेश – शुभनाथ पुरी
  • बागमती प्रदेश – गीता श्रेष्ठ
  • गण्डकी प्रदेश – हिमाल बेल्वासे
  • लुम्बिनी प्रदेश – प्रकाशराज पण्डित
  • कर्णाली प्रदेश – दीपक ढकाल
  • सुदूरपश्चिम प्रदेश – भुवनसिंह थापा

आगामी कार्यक्रम यस प्रकार तय गरिएको छ:

  • पुस २३ गते बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म उम्मेदवारको मनोनयन
  • पुस २४ गते बिहान १०:०० देखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी
  • पुस २७ गते बिहान १०:०० देखि अपराह्न १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने, दिउँसो १:०० देखि २:०० बजेसम्म अन्तिम नामावली प्रकाशन
  • पुस २८ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण
  • मतदान सम्बन्धित केन्द्रमा बिहान ९:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ

निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई सुरक्षित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया