सोमबार सुनको मूल्यमा उछाल, चाँदीको भाउ पनि वृद्धि

काठमाडौं:नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मको उच्चतम मूल्य हो।

यसअघि आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३०० रुपैयाँ थियो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जुन आइतबारको ४ हजार १०५ रुपैयाँभन्दा १३० रुपैयाँले बढी हो।

तपाईको प्रतिक्रिया