आज सिंहदरबारमा निर्वाचन व्यवस्थापनबारे उच्चस्तरीय छलफल हुने


काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन सम्बन्धी कानुन र व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलका क्रममा गृह मन्त्रालयका अधिकारीहरूद्वारा वर्तमान अवस्था र आवश्यक तयारीबारे जानकारी गराइनेछ भने निर्वाचन आयोगले समेत आफ्नो प्रस्तुतीकरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उक्त छलफल आज दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया