नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

काठमाडौं — नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला चाँदी ४ हजार ८० रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। बजारमा अन्तर्राष्ट्रिय मूल्य र मागको प्रभावका कारण सुनचाँदीको भाउमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया