बहुविवाह प्रकरणमा डिएसपी मधु नेपाल रूपन्देहीबाट पक्राउ


रूपन्देही: बहुविवाह सम्बन्धी आरोपमा रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार नेपालविरुद्ध बहुविवाहको उजुरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर मंगलबार उनलाई पक्राउ गरिएको हो। नेपाल हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए। यसअघि उनी बुटवलको वडा प्रहरी कार्यालयमा समेत कार्यरत रहेका थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा नेपाललाई नियन्त्रणमा लिइएको हो। कार्कीले अदालतबाट तीन दिनको म्याद थप भई नेपाललाई रूपन्देही प्रहरीले हिरासतमा राखेर बहुविवाहसम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए।

कार्कीका अनुसार नेपालले विवाह गरेको भनिएकी दोस्रो महिलाको पहिचान र खोजी प्रक्रिया पनि जारी रहेको छ।

तपाईको प्रतिक्रिया