पोखरा विमानस्थल घोटाला : पूर्वमन्त्रीदेखि महानिर्देशकसम्म ५५ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको ठहर गर्दै ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका साथै पाँचजना तत्कालीन मन्त्री र १० जना सचिवहरूलाई समेत विपक्षी बनाइएको छ।

नलिनचोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा मुद्दा परेको एक सातापछि प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दा दर्ता प्रक्रिया भइरहेको छ।

अख्तियारले दाखिल गरेको मुद्दामा करिब आठ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। विपक्षी बनाइएका मन्त्रीहरूमा डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य रहेका छन्। त्यसैगरी १० जना तत्कालीन सचिवहरू र अन्य अधिकारीहरूलाई समेत अख्तियारले उक्त प्रकरणमा संलग्न ठहर गरेको छ।

तपाईको प्रतिक्रिया