प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ – नेपालका लागि जापानका राजदूत मायदा तोरुले आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई शिष्टाचार भेट गर्नुभयो। नेपाल–जापान सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा दुई देशबीचका विविध विषयमा छलफल गर्न यो भेट भएको हो।

भेटमा राजदूत तोरुले सरकारको समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै आवश्यक सहयोगका लागि जापान सरकार सधैं तयार रहेको दोहोर्याउनुभयो।

प्रधानमन्त्री कार्कीले नेपालको विकास र विभिन्न क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीच निरन्तर सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया