मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा गरेका छन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने आदेश जारी गरेपछि उनले पदत्याग गर्ने निर्णय गरेका हुन्।

बिहानका लागि बोलाइएको बैठक सत्तापक्षका केही सांसद उपस्थित नहुँदा दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। विश्वासको मत प्राप्त नहुने अवस्था बनेपछि यादवले सोही बैठकमा सम्बोधन गर्दै आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।

यादव कात्तिक २३ गते संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको नियुक्ति संविधानअनुसार नभएको दाबी गर्दै प्रदेशकै सात राजनीतिक दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तपाईको प्रतिक्रिया