गृहमन्त्री अर्याल बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानिरहनुभएको छ: सुधन गुरुङ

पोखरा।हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आरोप लगाएका छन्। सोमबार पोखरामा तमु ह्रयुल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति कास्कीले आयोजना गरेको सम्मान कार्यक्रममा गुरुङले गृहमन्त्री अर्याल बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानिरहेको बताए।

गुरुङले अर्याल सल्लाहकार बनेर मन्त्री पदको लाभ लिएको आरोप पनि दोहोर्‍याए। उनका अनुसार, “ओमप्रकाश अर्याल भन्ने व्यक्ति कानुनी सल्लाहकारको रुपमा आएर हामीलाई गुमराहमा पार्नुभयो। आज गृहमन्त्रालयको बच्चाको रगत लागेको कुर्सीमा बसेर शानसँग गफ हानिरहनुभएको छ।”

कार्यक्रममा सुधन गुरुङले आफ्नो शिर जेन-जीको शिर भएको र कहिल्यै झुक्न नदिने पनि स्पष्ट पारे। उनले भने, “यदि म सुधन बस्नेत वा सुधन ओली भएको भए शायद नागरिकका विषयमा कुरा उठ्दैनथ्यो, तर म गुरुङ भएकाले प्रश्न उठाउन परेको हो।”

तपाईको प्रतिक्रिया